नियम ३१
सरकारी वकीलको सहयोग गर्न कर्मचारी खटाउनु पर्ने
(१) ऐनको अनुसूचीभित्रको मुद्दा वा नेपाल सरकार वादी मुद्दा वा नेपाल सरकारलाई सरोकार पर्ने अन्य कुनै मुद्दा कुनै अड्डा अदालतमा चलिरहेको अवस्थामा वा मुद्दा पर्ने वा मुद्दा दायर गर्नु पर्ने देखिएमा साक्षी प्रमाण जुटाउने लगायतका अन्य विविध काममा सरकारी वकीलले सहायता मागेमा सम्बन्धित विभागीय प्रमुख वा अधिकृतले मुद्दाको वस्तुस्थिति बुझेको
कर्मचारी खटाई दिनु पर्छ ।
(२) नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा आवश्यक पर्ने निर्णय, मिसिल फाईल वा कागजात सम्बन्धित सरकारी वकील कार्यालयबाट माग भएमा सम्बन्धित मन्त्रालय, सचिवालय, विभाग वा कार्यालयका कार्यालय प्रमुखले यथाशीघ्र त्यस्तो कार्यालयमा पठाउनु पर्नेछ ।